कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै
कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्