आठ वटा स्थानीय तहले अझै पेश गरेनन् आर्थिक वर्ष २०७९/८० को बजेट, अख्तियारले बढायो चासो
आठ वटा स्थानीय तहले अझै पेश गरेनन् आर्थिक वर्ष २०७९/८० को बजेट, अख्तियारले बढायो चासो
आठ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट अझै पेश गरेका छैनन्। बजेट पेश नगर्नेमा औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, विष्णु गाउँपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका र डडुवा गाउँपालिका छन्। स्थानीय तहले बजेट पेश नगर्दा सामाजिक सुरक्षा कार्यक्रम प्रभावित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसतर्फ चासो बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।