नोभेम्बरमा १७५ देशबाट आए नेपाल घुम्न साढे ७२ हजारभन्दा बढी पर्यटक
नोभेम्बरमा १७५ देशबाट आए नेपाल घुम्न साढे ७२ हजारभन्दा बढी पर्यटक
सन् २०२२ को नोभेम्बर महिनामा ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन्। अध्यागन विभागका अनुसार १७५ देशबाट उक्त संख्यामा पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै नेपाल प्रवेश गरेका हुन्। नेपाल भित्रने पर्यटकमा ४१ हजार ३४९ जना पुरुष र ३१ हजार २८५ जना महिला रहेका छन्। नोभम्बर महिनामा नेपाल घुम्न आएका ८५ हजार २२६ जना पर्यटक स्वदेश फर्केका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्