पुटिनले युक्रेनसँग लड्ने रुसी सैनिकको लागि संगीतकार पठाउने
पुटिनले युक्रेनसँग लड्ने रुसी सैनिकको लागि संगीतकार पठाउने
रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले युक्रेनसँग लडिरहेका आफ्ना सैनिकको मनोबल बढाउन युद्धस्थलमा संगीतकार र गायकहरु पठाउने भएका छन्। यसको लागि ‘फ्रन्ट लाइन क्रिएटिभ बिग्रेड’ बनाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ। यो बिग्रेडमा सर्कसमा काम गर्नेहरुलाई पनि समावेश गरिनेछ। सैनिकको मनोबल घट्दा ठूलो क्षति व्यहोर्नु पर्ने भएकोले उनीहरुको मनोबल बढाउन छुट्टै बिग्रेड नै तयार पार्न लागिएको हो। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्