वैदेशिक रोजगारीमा जानेको संख्या १०२ प्रतिशतभन्दा बढिले बृद्धि
वैदेशिक रोजगारीमा जानेको संख्या १०२ प्रतिशतभन्दा बढिले बृद्धि
वैदेशिक रोजगारीमा जानेको संख्या १०२.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको हो। वैदेशिक रोजगार विभागका अनुसार २०७९ साउनदेखि कात्तिकसम्म १ लाख९५ हजार १९६जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। उक्त अवधिमा वैदेशिक रोजगारीका लागि ८७ हजार ४२८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।