नेपाल भित्रने रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो
नेपाल भित्रने रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो, चार महिनामा ३ खर्ब ७८ अर्ब भित्रियो
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिना (साउन–कात्तिक)मा नेपाल भित्रने रेमिट्यान्स २०.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यसवर्ष रेमिट्यान्स वृद्धि भएको हो। गत साउनदेखि कात्तिकसम्म नेपालमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ७ प्रतिशतले घटेको थियो।
प्रतिक्रिया दिनुहोस्