राष्ट्रपतिद्वारा प्रधानमन्त्री दाबी गर्न आव्हान
पुस १० गते ५ बजे भित्र प्रधानमन्त्रीको दाबी गर्नुपर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न दलहरुलाई आव्हान गरेकी छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै एक दलले बहुमत नल्याएपछि संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा प्रधानमन्त्री दाबी गर्न राष्ट्रपतिले आज आव्हान गरेकी हुन्। प्रधानमन्त्री दाबी गर्न पुस १० गते साँझ ५ बजेसम्मको समय राष्ट्रपतिले दिएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्