बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो
काठमाडौं। बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार बढी पुगेको छ। यो संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। काठमाडौंमा १३ हजार दुई सय जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्