आइतबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै
आइतबारदेखि जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औं सम्मेलन आइतबारदेखि सुरु हुँदै छ। सम्मेलन कात्तिक २० गतेदेखि मंसिर २ गतेसम्म इजिप्टको शार्म एल शेखमा हुँदैछ। उक्त सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस कायम गर्नेमा विश्वका सबै राष्ट्रहरु एक्यवद्ध हुनेछन्।