काठमाडौं। नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश अर्थात् ग्रुप एसएमएस पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ। सो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म मात्र प्रयोग गर्न सकिने छ। यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ।