नेप्से परिसूचक ११.३२ अंकले वृद्धि
नेप्से परिसूचक ११.३२ अंकले वृद्धि
काठमाडाैं |पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधवार सामान्य अंकले बढेको छ । बुधवार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४८अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३अंकले बढेको छ।बुधवार कारोबारमा आएका २२३कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्