काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशसरण महतले सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे आज भोलिभित्र नै टुङ्गो लाग्ने बतााएका छन्। मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा.महतले यसबारे छलफल चलिरहेको बताएका छन्। यसका साथै उनले पार्टीभित्रका लोकप्रिय व्यक्तिलाई टिकट दिइने पनि बताए।