म्याग्दे गाउँपालिकाले हलगोरू पाल्ने किसानलाई १० हजार रूपैयाँ अनुदान दिने भएको छ। पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरूपालनलाई विस्थापित गर्दै लागेपछि गोरूपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।