नागरिकता विधेयकलाई एमालेले राष्ट्रघाती भन्नु पाखण्ड मात्रै : प्रचण्ड
नागरिकता विधेयकलाई एमालेले राष्ट्रघाती भन्नु पाखण्ड मात्रै : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई एमालेले राष्ट्रघाती भन्नु पाखण्ड,बेइमानी र अनैतिकताबाहेक अरु केही पनि नभएको बताएका छन्।चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने,'ती मान्छेहरू जसले यही विधेयकलाई पोहोर अध्यादेशका रूपमा लगेका थिए तिनीहरूले नै यसलाई राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिकता अरु केही हुनै सक्दैन।'उनले यस्तो भ्रमपूर्ण प्रचारमा जनता नपर्ने समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्