स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाको मृत्यु भएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ र हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ ।