निर्वाचन आयोगमा गरायो नेपाली कांग्रेसले दल दर्ता
निर्वाचन आयोगमा गरायो नेपाली कांग्रेसले दल दर्ता
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। निर्वाचन आयोगले साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको थियो। पार्टीका उपसभापति धनराज गुरुङसहितको टोली मंगलबार दिउँसो आयोग पुगेर दल दर्ता गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्