चुनाव जित्न १० करोड खर्च गर्नेको जानकारी दिन प्रचण्डलाई आयोगको आग्रह
चुनाव जित्न १० करोड खर्च गर्नेको जानकारी दिन प्रचण्डलाई आयोगको आग्रह
निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ। केही समय अघि प्रचण्डले सार्वजनिक कार्यक्रममा प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्