अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । उनको गर्धनमा २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ ।