बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो ।