अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार-ए-लिगो रोसोर्ट नामक घरमा एफबिआइले सोमबार छापा मारेका छन्। ट्रम्पले ह्वाइट हाउस छोड्दा आफूसँग ल्याएका ठूलो बाकसमा सरकारी कागजपत्रहरु ल्याएको हुन सक्ने आशंकामा एफबिआइले छापा मारेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। उक्त छापा अघोषित र उपयुक्त नभएको ट्रम्पले बताएका छन्।