इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी छिन्
काठमाडौं। गायिका मेलिना राईले इङगेजमेन्ट तोडेकी छिन्। गिटारिस्ट सञ्जीव बराइलीसँग वैचारिक मतभेद देखिएपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी छिन्। ‘समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबिच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात विचारमा मेल खान सकेन।धेरै समिक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो’, उनले लेखेकी छिन्।