अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले सुरु गर्यो सैन्य अभ्यास
अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले सुरु गर्यो सैन्य अभ्यास
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवान वरपरका समुद्रहरूमा सैन्य अभ्यासको थालनी गरेको छ। पेलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले आजदेखि सुरु हुने पाँच दिन को "आवश्यक र उचित" सैन्य अभ्यासको घोषणा गरेको हो। ताइवानले २७ वटा चिनियाँ युद्धक विमानहरू ताइवानको हवाई क्षेत्रमा प्रवेश गरिसकेको बताएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्