भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिपमा नेपालले आज बुधबार दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयअनुसार साँझ ७ः१५ बजेबाट सुरु हुनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।