राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तानिकट विद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन्। शनिबार काठमाडौंमा प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरु भेला भएर राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर हुन नसक्ने भन्दै तत्काल बर्खास्त गर्न माग राख्दै सांसदहरुलाई एसएमएस गरेका हुन्।