अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले शनिबार नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको थियो। भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आए पनि नेपाल आयल निगमले अहिलेलाई नघटाउने भएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको जनाएको छ।