शुक्रबार प्रतिनिधिसभामा निर्वाचित भएकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थिति पनि रहेको थियो ।