अस्ट्रेलिया जानु अघि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा ठगी
मेडिकल चेकजाँच छिटो गराइदिने नाममा ठगी गर्ने गिरोह सक्रिय
सोमबार जारी गरेको एक विज्ञप्तिमा नर्भिक इन्टरनेसल हस्पिटलले अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरूले ठगी धन्दा चलाइरहेको बताएको छ । अस्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्युल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्