अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० घर डुबानमा
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० घर डुबानमा
गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए ।डुबान र पहिराका कारण ५०० हाराहारीमा मानिस विस्थापित भएको तिमिल्सिनाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्