पर्यटन,संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन्। शुक्रबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिने बताएका हुन्। पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि आलेले बताए ।