विद्यालयका हिसाबकिताब माग्दा प्रधानाध्यापकबाट शिक्षिकामाथि हातपात
विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा हिसाबकिताब माग्दा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले विद्यालय व्यावस्थापन समितिको बैठकमै हातपात गरेकी छिन् । पौडेलले पेटमा लात्तीले हान्दा निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएको शिक्षिका कार्कीले बताइएकी छिन्।