पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी
पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ। आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गर्दै विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लील शब्दको प्रयोग मात्रै नभएर ठेगान लगाउने सम्मको धम्की दिएका भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो ।