श्रीलंकामा सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आग्रह
श्रीलंकामा सरकारी कर्मचारीलाई घरबाटै काम गर्न आग्रह
श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई घरबाटै काम गर्न आग्रह गरेको छ । इन्धनको अभावका कारण कर्मचारीहरुलाई दुई साता घरबाटै काम गर्न आग्रह गरेको हो। यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ। विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ ।