मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग भएको पुष्टि
हिजो भेट्टिएको शंकास्पद व्यक्तिमा कुष्ठरोग भएको पुष्टि
असार २ गते बिहिबार एक २६ वर्षीय पुरुषलाई मंकिपक्स भाइरसको शंकामा विशेष परामर्शका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र(टेकु) पठाइएको थियो। आज शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा बिरामीको आँखा र कानको ६ वटा नमुनामा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्