असार १ देखि चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी बन्द हुने
निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत गतिविधि बन्द गर्न लागिएको
चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ।निकुञ्ज भित्रका कच्ची वन पथ बिग्रने,जंगलमा भएका खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरूद्ध हुनसक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो।