अमेरिकामा ऊर्जा र खाद्य सामग्रीको भाउ तीव्र गतिले बढेको छ। अमेरिकाको श्रम मन्त्रालयका अनुसार गत मे महिनामा अमेरिकाको वार्षिक मुद्रास्फीतिदर ८.०६ प्रतिशत पुगेको छ। मुद्रास्फीतिदर सन् १९८१ पछि सबैभन्दा उच्च विन्दुमा पुगेको छ। सन् २०२१ को मे महिनाको तुलनामा गत महिना अमेरिकाको खाद्यान्नमा १० प्रतिशत र ऊर्जामा ३४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।