एएफसी एसियन कप छनोटको तेस्रो चरणमा शनिबार राति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । कुवेतबाट युसेफ अलसुलिमानले दुई गोल, फाहद अल रशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । अन्तिममा नेपालबाट दर्शन गुरुङले एक गोल फर्काए ।