क्यानेडियन गायक जस्टिन बिबरलले आफूलाई आंशिक अनुहार पक्षाघात भएको खुलासा गरेका छन्। २८ वर्षीया बिबरलले आफूलाई रामसे हन्ट सिन्ड्रोम भएको पत्ता लागेको र त्यसै सिन्ड्रोमका कारण अनुहारको दायाँपट्टि भागमा पक्षाघात भएको इन्स्टाग्राममार्फत खुलासा गरेका हुन्। उनले भने,"तपाईंले देख्न सक्नुहुन्छ यो आँखा झिम्किरहेको छैन। म मेरो अनुहारको यो छेउमा हाँस्न सक्दिन। त्यसैले मेरो अनुहारको यो छेउमा पूर्ण पक्षाघात छ।"