इटालियन प्रशिक्षक पिर्लो टर्कीको कारागुम्रुक क्लबमा अनुबन्धित
पिर्लो टर्कीको कारागुम्रुक क्लबमा अनौपचारिक रुपमा अनुबन्धित
फाब्रिजियो रोमानोका अनुसार आन्द्रे पिर्लो नयाँ प्रबन्धकका रूपमा टर्कीको कारागुम्रुक क्लबमा जोडिने भएका छन् तर आधिकारिक बयान आइसकेको छैन । इटालियन प्रशिक्षकले सम्झौतामा हस्ताक्षर गरिसकेका छन् र उनी आगामी घण्टामा टर्कीसँग जोडिनेछन्।