पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल र मट्टितेलको १६५ रुपैयाँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बिहीवार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ । आयल निगमले पेट्रोलमा प्रतिलिटरको ८ रुपैयाँ तथा प्रतिलिटर मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको बताएको छ ।