पाकिस्तानका सांसद तथा चर्चित टीभी होस्ट आमिर लियाकत हुसैनको निधन
पाकिस्तानका सांसद तथा चर्चित टीभी होस्ट आमिर लियाकत हुसैनको निधन
पाकिस्तानका चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको ४९ वर्षकाे उमेरमा निधन भएको छ । पाकिस्तानी मिडियामा आएको समाचारअनुसार उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । तर, अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरे।हालै आमिर लियाकत तेस्रो विवाहलाई लिएर विवादमा फसेपछि उनले देश छोड्ने घोषणा गरेका थिए ।