इम्बोस्ड अनिवार्य बारे यातायात विभागले माग्यो माफी
इम्बोस्ड अनिवार्य बारे यातायात विभागले माग्यो माफी
यातायात व्यवस्था विभागले साउन १गतेदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान हुनुपर्छ भन्ने आसय नभएको भन्दै माफी मागेको छ।विभागको सो सूचना मिति २०७८ कार्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र रहेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।मिति२०७८कार्तिक २२ गतेको सूचनामा नयाँ दर्ता हुने सवारी,नामसारी गरिएका साधन,नवीकरण गरिने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्