काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापनमा ध्यान दिएको बताउँदै नुवाकोटको सिसडोलका स्थानीयसँग केही दिनको समय मागेका छन्।‘म आफ्नो जागिर र काम छाडेर जनताको सेवाका लागि मेयर पदमा लडेको हुँ,’उनले भने,‘मलाई काम गर्न दिनुस्।’ शुक्रबार फोहोर विसर्जन स्थल सिसडोल पुगेका साहले केमिकल हालेर एक साताभित्रै सो ठाउँलाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।