लुम्बिनी प्रदेशका शिक्षामन्त्री कक्षा १२को परीक्षा दिँदै
लुम्बिनी प्रदेशका शिक्षामन्त्री कक्षा १२को परीक्षा दिँदै
लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले अहिले कक्षा १२ को परीक्षा दिँदै छन् । उनले शिक्षा संकायबाट अहिले १२ कक्षाको परीक्षा दिँदै छन् । मन्त्री खाँले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिए पनि अन्य विषयको परीक्षामा भने सहभागी नभएको परीक्षा केन्द्र खुदावगर आदर्श माविका केन्द्राध्यक्ष प्रकाश शुक्लाले जानकारी दिए ।