गायक मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा
गायक मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरीको विशेष टोली नेपालमा
पन्जाबका चर्चित गायक सिध्दु मुसेवालाको हत्यारा खोज्न भारतको दिल्लीको स्पेसल टिम नेपाल आएको छ। मुसे वालाका हत्यारा नेपालमा लुकेर बसेको विशेष सूचनाका आधारमा दिल्ली प्रहरीको विशेष सेल नेपाल पुगेको इण्डिया टुडेले जनाएको छ । मुसे वालाको गत आइतबार गोली हानी हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्