अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा धरौटीमा रिहा
अभिनेत्रीमाथि दुर्व्यवहार गरेकाे आराेपमा पक्राउ परेका लामा धरौटीमा रिहा
अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। आफूमाथि दुर्व्यवहार गरेको भन्दै ‘कबड्डी ४’ फिल्मकी नायिका मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्