‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ युवकलाई रिहाइ माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित केएल टावरमा रहेकाे एफक्युब सिनेमा हलले फिल्म ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ। केएल टावरबाहिरको स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित गरिएको हो । स्थिती सामान्य बनेपछि मात्रै पुनः फिल्म प्रदर्शन गर्ने हल व्यवस्थापनले जनाएको छ।