सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ।आइतबार दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ।