बेलायतकी महारानीको प्लेटिनम जयन्ती समारोहको अवसरमा एआई-डा नामको आर्टिफिशल इन्टेलिजन्स रोबोटले महारानीको तस्विर बनाएको छ। सो रोबोटको चित्रकारितालाई महारानीको ७० वर्षे शासनकालमा भएका विभिन्न प्राविधिक परिवर्तनहरूलाई प्रतिबिम्बित गर्ने बताइएको छ। महारानीको चित्र लन्डनमा सार्वजनिक प्रदर्शनीमा राखिने बताइएको छ।