म धुलाे टक्टक्याएर उठेको व्यक्ति हुँ,हार–जितलाई सामान्यरुपमा लिएको छु : केशव स्थापित
म धुलाे टक्टक्याएर उठेको व्यक्ति हुँ,हार–जितलाई सामान्यरुपमा लिएको छु : केशव स्थापित
काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित केशव स्थापितले नवनिर्वाचित मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले लाेकतान्त्रिक अभ्यासमा हारजित स्वाभाविक भएकाे उल्लेख गरेका छन् ।उनले भने,'म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु।'
प्रतिक्रिया दिनुहोस्