दक्षिण सुडानमा एउटा भेडालाई ४५ वर्षीय अधियु चापिङको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ। भेडाले चापिङलाई बारम्बार टाउकोमा हानेर उनको करङ भाँचिएको थियो । गम्भीर चोटका कारण महिलाको तत्काल मृत्यु भएको थियो । ‘मालिक निर्दोष छन् र अपराध गर्ने भेडा नै हो,तसर्थ यो पक्राउ गर्न योग्य छ ’भन्दै भेडालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा राखिएको थियो ।